हाम्रो बारेमा

हाम्रो बारेमा

नेपालको अति सुन्दर रमणिय तथा आर्कषक पर्यटकिय स्थल ढोरबाराहिको आँगन, शुक्लागण्डकीको तट, माछापुच्छे्र, अन्नपुणर्, धौलागिरी जस्ता मनोरम हिमश्रृंखलाहरुको काखमा अवस्थित गण्डकी अञ्चल तनहुँ जिल्लाको शुक्लागण्की नगरपालिका स्थित दुलेगौडा बजारमा सहकारीताको माध्यमबाट विभिन्न ग्रामिण तथा शहरी क्षेत्रमा छरिएर रहेको पुँजीलाई संकलन गरी विभिन्न तह र तप्काका एवम् गरीवीको रेखामुनि रहेका यस क्षेत्रका वासिन्दालाई निजहरु कै चाहना र आवश्यकता अनुसार विभिन्न साना उद्योग, कृषि, पर्यटन, व्यापार, हस्तकला तथा स्थानिय कच्चा पदार्थबाट हुन सक्ने बस्तुहरुको राष्ट्रिय उत्पादन दरमा वृद्धि, रोजगारीको अवसरमा अभिवृद्धि आदि गरी सिप मुलक तथा आय मुलक कार्यक्रमहरुमा लगानी गरी गरिवी निवारण गर्न ऋण सहायता प्रदान गर्ने उदेश्यले सहकारी ऐन २०४८ वमोजिम साविक द्ुलेगौंडा, खैरेनिटार, ढोरफिर्दी, भिमाद र छाङ्ग गा.वि.स लाई कार्य क्षेत्र बनाई वि.सं. २०६३ सालमा श्री शुभकामना बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको विधिवत उद्घाटन तत्कालिन राष्ट्रिय सहकारी बैकंका अध्यक्ष हरीवोल भट्टराई ज्यू, बाट गरिएको थियो । स्थापना कालमा ३२ जना सदस्यहरुबाट शुरु भएको यस सहकारीमा समय, काल र परिस्थिति अनुरुप सेवा क्षेत्र विस्तारका साथ सदस्यहरु वृद्धि भई हाल हजारौं सदस्यहरुबाट कारोवार गर्दै सञ्चालनमा आएको छ । प्रारम्भमा ९६ लाख रुपौंया चुक्ता पुँजी रहेको यस सस्थाले हाल करीव ५ करोड २० लाख पु¥याउन सफल भएको छ भने आफ्नै स्वामित्वमा रहेको शु.न.पा.– ४, दुलेगौडा बजारमा शुभकामना कम्पेलेक्सुु को स्थापना गरी व्यवस्थित सपिङ्ग कम्पेलेक्स तथा सुविधा सम्पन्न सभा हल समेत सञ्चालनमा ल्याएको छ ।

सहकारीको र्सवमान्य सिद्घान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्घ व्यक्ति एवं समुदायलाई एक्यवद्घ गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो

हाम्रो लक्ष्य

हामी निम्न लक्ष्य लिएर अघि बढ्न चाहन्छौंः
  • हाम्रा ग्राहक र कर्मचारीसंग राम्रो सम्बन्ध
  • इमान्दारिताका साथ सेवा प्रवाह गर्ने
  • हाम्रो कार्य शैलीलाई छरितो र स्पष्ट बनाउनु
  • सम्पुर्ण कार्यलाई महत्वका साथ सम्पादन गर्नु

सहकारीको उद्देश्यहरु

  • सदस्यहरुको सामाजिक तथा आर्थिक हितलाई ध्यानमा राखि देहायमा उल्लेखित भए बमोजिमको काम कारवाही गर्नु सस्थाको मुख्य उदेश्य रहेको छ ।

  • सस्थामा संलग्न सदस्यहरु र जन समुदाय वीच स्वावलम्बन, पारस्पारिक सहयोग एवम् मितव्यायिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानि प्रर्बद्धन गर्ने ।

  • नियमित रुपमा सदस्यहरुबाट निक्षेप संकलन गर्नुका साथै उनीहरुले प्रदान गरेका निक्षेपलाई सहुलियत दरमा उत्पादनशिल, आयमुलक, सीपमुलक उद्देश्यको प्रयोजनमा सदस्यहरुलाई ऋण प्रदान गर्ने ।

  • सामुहिक रुपमा आयमुलक कार्यक्रमहरु संचालन गर्न गरिव तथा विपन्न परिवारका लागी सामुहिक जमानीमा विना धितो ऋण प्रवाह गर्ने र गरिवि निवारण कार्यक्रममा सहयोग पु¥याउने ।

  • सरल, सहज र सुगम तरीकाले राष्ट्रिय उत्पादन दरमा वृद्धि र रोजगारीका अवसरहरुको विकासमा योगदान पु¥याउने ।

  • विश्वासिलो , भरपर्दो, सुरक्षित तथा सुलभ रुपमा सदस्यहरु बीच वित्तिय सेवा प्रदान गर्ने ।

सहकारीका सिद्धान्तहरु

  • स्वेच्छिक तथा खुला सदस्यता
  • सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण
  • सदस्यहरुद्धारा आर्थिक नियन्त्रण
  • स्वयत्तता र स्वतन्त्रता
  • शिक्षा, तालिम र सुचना
  • सहकारी बीच पारस्पारिक सहयोग
  • समुदाय प्रति चासो