आफ्नो मिहिनेतको कमाई बचत गर्ने उचित स्थानको खोजिमा हुनुहुन्छ?
शुभकामना सहकारीको गुण
अनुभव
कार्य प्रति तत्परता
विश्वसनियता
व्यवसायिकता

हाम्रो बारेमा
नेपालको अति सुन्दर रमणिय तथा आर्कषक पर्यटकिय स्थल ढोरबाराहिको आँगन, शुक्लागण्डकीको तट, माछापुच्छे्र, अन्नपुणर्, धौलागिरी जस्ता मनोरम हिमश्रृंखलाहरुको काखमा अवस्थित गण्डकी अञ्चल तनहुँ जिल्लाको शुक्लागण्की नगरपालिका स्थित दुलेगौडा बजारमा सहकारीताको माध्यमबाट विभिन्न ग्रामिण तथा शहरी क्षेत्रमा छरिएर रहेको पुँजीलाई संकलन गरी विभिन्न तह र तप्काका एवम् गरीवीको रेखामुनि रहेका यस क्षेत्रका वासिन्दालाई निजहरु कै चाहना र आवश्यकता अनुसार विभिन्न साना उद्योग, कृषि, पर्यटन, व्यापार, हस्तकला तथा स्थानिय कच्चा पदार्थबाट हुन सक्ने बस्तुहरुको राष्ट्रिय उत्पादन दरमा वृद्धि, रोजगारीको अवसरमा अभिवृद्धि आदि गरी सिप मुलक तथा आय मुलक कार्यक्रमहरुमा लगानी गरी गरिवी निवारण गर्न ऋण सहायता प्रदान गर्ने उदेश्यले सहकारी ऐन २०४८ वमोजिम साविक द्ुलेगौंडा, खैरेनिटार, ढोरफिर्दी, भिमाद र छाङ्ग गा.वि.स लाई कार्य क्षेत्र बनाई वि.सं. २०६३ सालमा श्री शुभकामना बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको विधिवत उद्घाटन तत्कालिन राष्ट्रिय सहकारी बैकंका अध्यक्ष हरीवोल भट्टराई ज्यू, बाट गरिएको थियो ।
हाम्रा सेवाहरु
सहकारीको र्सवमान्य सिद्घान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्घ व्यक्ति एवं समुदायलाई एक्यवद्घ गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको हो ।

एक झलक हाम्रो सहकारीलाई
समाचार र ब्लग
ग्राहक वर्गको शब्दमा शुभकामना सहकारी
यहाँको केही जिज्ञासा भएमा
यदि यहाँहरुसंग यस शुभकामना सहकारी सम्बन्धी केही जिज्ञासा छ भने वा यस संस्थाको सेवा सुविधाको बारेमा जानकारी चाहनु हुन्छ भने हामीलाई यो फारममा आफ्नो विवरण भरेर पठाउनु होला। यसका साथै हामीलाई ईमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी छिटो भन्दा छिटो यहाँहरूसंग सम्पर्क गर्न कोसिस गर्ने छौँ।
आइतबार – बिहिबार: बिहान ९ः४५ देखि बेलुकी ४:०० बजे सम्म
शुक्रबार: बिहान ९ः४५ देखि ३:०० बजे सम्म
शनिबार,सरकारी र सार्वजनिक बिदामा कार्यलय बन्द रहने छ।